इजरायल बाट पहिलो वेब साइट

Home
About Nepal
About Israel
Love Tips
Photo Gallery
Music videos
prefect Hebrew
Litreture
E-Cards
Profile
 
 
 
 
 
 
 
 
 
 
 
 
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

क्रुरता दानवी, सहन वाध्य मानवी

 

 

क्रुरता दानवी, दमन, तनाव, शोषण,

सहन वाध्य छौं,  हामी मानवी।

 

साधु-सन्त, इमान्दारी, परिश्रमी, लोभ-लालच रहित,

विशुद्ध वेराजगारी हामी मानवी।

 

जे बोलेनी, जे भएनी, जे गरेनी,

सहन वाध्य छौं, हामी मानवी दामी।

 

वदलामा छैन उत्तर, हृदय भित्र चिर्पट,

तर ओकल्न सक्दैनौं केही पनि हामी।

 

सहयोगको साथ छैन,

कुनै विदेशी तथा स्वदेशी जनमानवीको।

 

जुन जनको मन रैछ डुबेको स्वार्थ,

सकिएन भेट्न सफा हृदयको।

 

कोही अस्मिता विहीन त केही तनाव रहित,

स्वच्छ रहेनन् जन, क्रुरता दानवीको।

 

सर्बस्व सुम्पिदा पनि नोकरै ठान्ने,

अझै सहने धैर्यता छ जन मानवीको।

 

इशु र मुस्लिमीको कलङ्क दानवी,

वाध्य छौं बोल्न तर मुक बन्द भो मानवी।

 

हिट्लरले जे गरे ठिक गरे,

विश्व मानचित्र बाट हट्नु पर्छ क्रुर दानवी, भन्छ इरानी।

 

 कार्यदाता मनोपली, पुलीस उसकै पोल्टो,

न्यायलयका निर्णयहरु सबै उल्टै उल्टो।

 

दाता लान्छाना लाउन, पुलीस मुचुर्का बनाउन,

अदालत फसाउन सिपालु, कतै छैन सुल्टो।

 

दुखाइको उपचार गर्ने संस्था, पुलीसको बोली,

डलरको गोली, अदालतको रोलीङ्सँग विक्ने।

 

एम्वेसीले मान्दैन, मानवाधीकार सुन्दैन,

राष्ट्रले हेर्दैन, जनले मान्दैन,

कसको सहाराले टिक्ने।

 

दलाल एजेन्सी, विदेशी वा स्वदेशी, मात्रै कमिसन हेर्ने,

वकिलहरु यताउती मात्र दाउ हेर्ने।

 

 क्रुरता दानवीको सामु को को मार्फत कसरी

मानवी जनले स्वच्छ स्वास फेर्ने।

 

कोही अपाङ्ग, केही पागल,

यो सब भुतपूर्व कर्मको कमाई हो,

जन क्रुरताको।

 

जे भएनी सहेर, गरेका छौ रोएर,

धैर्यता छ अधिक, जनमानवी हृदयको।

 

आय श्रोत ठिकै हो, बढी मानसिक तनाव,

सबै कुरा उल्टै उल्टो, सम्हाल्नु छ क्रुरताको भण्डार।

 

इज्जत साथ बसौं, बाचौं,

केही कमाइ फर्कौं आफ्नै स्वदेश,

यस्तै रहेछ दुनियाँ सारा संसार।।

 

अस्तु:

 

कहिं कतै यी उक्तीहरु कसैको जीवन संग मेल खान गएमा केवल संयाग मात्र हुनेछ अन्यता नलिनु नै वेश होला।

धन्यवाद

लेखक :    

बिष्णु प्रसाद तिमल्सिना  

        काभ्रे/काठमाण्डौ 

हाल इजरायल